Like us!
Follow us!
Connect us!
Watch us!

फरक विचारको सम्मान नगरे पार्टी तानाशाही हुनसक्छ - ज्ञानेन्द्र शाही

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १४ : ३७ मा प्रकाशित

फरक विचारको सम्मान नगरे पार्टी तानाशाही  हुनसक्छ - ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक मत राख्नेहरूलाई पाखा लगाउनुको सट्टा उनीहरूको विचारलाई सम्मान गर्दै एकजुट भएर अघि बढ्नुपर्ने बताए।

चुनाव जितेपछि आफू कुनै निश्चित समूहको मात्र नभई सबैको साझा प्रतिनिधि भएको उल्लेख गर्दै उनले सार्वजनिक उत्तरदायित्वको भावना प्रकट गरे। पार्टीभित्र असहिष्णुता बढ्दै गएमा त्यसले तानाशाही प्रवृत्तिलाई प्रश्रय दिने भन्दै उनले नेतृत्वलाई सचेत गराए। साथै, पार्टी नेतृत्व अहिलेसम्म भ्रष्टाचारको आरोपबाट मुक्त रहेको दाबी गर्दै उनले आगामी दिनमा पनि पूर्ण इमानदारी र निष्ठाका साथ जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘मेरो विरुद्धमा भोट हाल्नेको कुरा पनि सुन्नुपर्छ, किनभने जितेपछि म सबैको प्रतिनिधि हुँ। त्यसैले यो पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ। यदि त्यो सकेनौँ भने भोलि हामीमा तानाशाही प्रवृत्ति हुन सक्छ। पार्टीको प्रदेश सांसदहरू हुनुहुन्छ, स्थानीय तहमा चुनाव जितेका छौँ, संघमा छौँ, यो राष्ट्रिय पार्टी हो, राष्ट्रिय पार्टी बनेको छ। त्यो भएको हुनाले अहिले हेर्नुस् त अहिले भ्रष्टाचारका काण्डहरू आए, फाइलका फाइलहरू आएका छन्, तर राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वप्रति अहिलेसम्म एउटा प्रश्न उठेको छैन।’

उनले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूलाई धैर्यता राख्दै एकजुट हुन आह्वान गरे। पार्टीले आफ्ना कमी–कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ। एमाले भित्रका यदि पार्टी नै खत्तम भएको भए युवाहरूले कसरी जित्थे होलान् तरु एमालेका युवाहरूले जितेर आएका छन्। हामीले कहीँ कतै केही कमी–कमजोरी गरेका छौँ कि भनेर त्यो आत्मसमीक्षा गरौँ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको