Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा सांसद शाहीको प्रश्न - १४ गते कर पास भएर २१ गते गाडी कसरी आयो ?

अर्थ संसार

विहीबार, २८ जेठ २०८३, १५ : ०१ मा प्रकाशित

संसद्मा सांसद शाहीको प्रश्न - १४ गते कर पास भएर २१ गते गाडी कसरी आयो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय (इभी) सवारीसाधन आयातसम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी आयात प्रक्रियाबारे विभिन्न आशंका उत्पन्न भएको भन्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति आवश्यक रहेको बताएका हुन्।

शाहीले उक्त माग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई काम गर्न अवरोध पुर्‍याउने उद्देश्यले नभई विषयलाई पारदर्शी र स्पष्ट बनाउन गरिएको बताए। उनका अनुसार जेठ १ गतेदेखि १४ गतेसम्म करिब ३ हजार इभी सवारीसाधन आयात भएका थिए। तर करसम्बन्धी निर्णय जेठ १४ गते पारित भए पनि ती सवारीसाधन जेठ २१ गतेमै भन्सार नाकाबाट भित्रिएको विषयले गम्भीर शंका उत्पन्न गरेको उनको दाबी छ।

उनले संसद्मा प्रश्न गरे,‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?’

इभी आयातसँग सम्बन्धित कर तथा भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको