Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १६ : ४६ मा प्रकाशित

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो ।

उक्त निक्षेप ३६६ दिनको अवधिका लागि रहनेछ। निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार (वैशाख १० गते) भित्र आवेदन दिनुपर्नेछ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८ अर्ब, ‘ख’ वर्गका विकास बैंकमा १ अर्ब ५० करोड  र ‘ग’ वर्गका वित्त कम्पनीमा ५० करोड रुपैयाँ लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको