Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा झन् निराशा, २२ अंकले घट्यो, कारोबार ४० करोडमा सीमित

आइतबार, २६ मंसिर २०७३, १६ : १३ मा प्रकाशित

बजारमा झन् निराशा, २२ अंकले घट्यो, कारोबार ४० करोडमा सीमित

अर्थ संसार 

काठमाडौं–लगानीकर्ताहरु पर्खेर हेर्न थालेपछि सेयर बजार निरंतर ओरालो लागेको छ । कारोबार रकम समेत औषतभन्दा एक तिहाइमा समेटिएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार २१.८८ अंकले घटेको छ ।  बजार खुलेदेखि निरन्तर ओरालो लागेको नेप्से झरेर १५२२.८० अंकमा पुगेर बन्द भएको छ । 

घटेको बजारमा उत्पादन बाहेक सबै समूह हरिया भएका छन् । यस दिन १४१ कम्पनीको किनबेच भएको छ । बजारको कुल कारोबार ४० करोड रुपैयाँमा सीमित भएको छ । 

यसदिन सबैभन्दा धेरै रकमको कारोबार एभरेष्ट बैंकको भएको छ । उक्त बैंकको ३ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै  शिखर इन्स्योरेन्स, सिद्धार्थ बैंक र बिओकेएलको पनि २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

यसदिन अपि हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर झण्डै १० प्रतिशतले घटेको छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता ४३२ रुपैयाँमा बन्द भएको छ । 

यस्तै पोखरा फाइनान्स र अरुण फाइनान्सको सेयरमूल्य नौ प्रतिशत भन्दा बढीले घटेको छ । सानिमा हाइड्रो, जेविल्स फाइनान्स, लुम्बिनी फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

यस्तरी घटेको बजारमा केही कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउनेमा नमस्ते वित्तीय संस्था, एनबी इन्स्योरेन्स, हिमालयन डिस्टलरीलगायतका कम्पनी छन् । 

यो पढ्नु भयो ? 

नयाँ क्रेडिट रेटिङ्ग संस्था खोल्ने अनुमति

देव विकास बैंकले दिने भयो १४ प्रतिशत बोनस

शिखरको बोनसपछि समायोजित मूल्य कति ?

सगरमाथा फाइनान्सको समायोजित मूल्य २७६ रुपैयाँ

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको