Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो खेलमा आज नेपाल र यूएई भिड्दै

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १० : २९ मा प्रकाशित

दोस्रो खेलमा आज नेपाल र यूएई भिड्दै

नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो । 

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको