Like us!
Follow us!
Connect us!
Watch us!

युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १७ : १० मा प्रकाशित

युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ । यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु टोलीमाथि क्लिन स्वीप गर्ने रणनीतिमा हुनेछ । 

नेपालले पहिलो खेलको प्लेइङ–११ मा ४ खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बेन्चमा रहँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमले अवसर पाएका छन् । सन्तोषले टी–२० आईमा डेब्यू गर्न लागेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको