Like us!
Follow us!
Connect us!
Watch us!

चेल्सी ब्राइटनसँग स्तब्ध

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, ०८ : ४० मा प्रकाशित

चेल्सी ब्राइटनसँग स्तब्ध

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको हारको सिलसिला रोकिएको छैन । मंगलवार ब्राइटनले चेल्सीलाई ३–० ले हराएको छ । ब्राइटनको जितमा फेर्दी काडियोग्लु, ज्याक हिन्शेलउड र ड्यानी वेलबेकले गोल गरे ।

चेल्सीले लिगमा लगातार पाँचौँ खेल पनि गुमाएको हो । चेल्सीले यी पाँच खेलमा एक गोल पनि गर्न सकेको छैन । जुन सन् १९१२ यता पहिलो पटक हो । खेलको सुरुवातदेखि नै ब्राइटन हाबी बन्यो। तेस्रो मिनेटमै ब्राइटनले अग्रता लियो । पास्कल ग्रोसको कर्नरमा जोर्रेल हातोले राम्रोसँग बल क्लियर गर्न नसक्दा काडियोग्लुले लो भली प्रहार गर्दै गोल गरे ।

त्यसपछि पनि ब्राइटनले लगातार आक्रमण गरिरह्यो। यान पाउल भान हेकेले गरेको हेडर सान्चेजले बचाए। सान्चेजको खराब पासपछि ज्याक हिन्शेलउडको प्रहार गोललाइनबाट क्लियर गरियो। जर्जिनियो रटरले बक्सभित्रबाट गरेको प्रहार भने बारमाथि गयो। चेल्सीले ४० औं मिनेटमा केवल एक पटक गोलका लागि प्रहार गर्न सक्यो। ट्रेवो चालोबाहले गरेको प्रहार रोकियो । ५६औँ मिनेटमा ब्राइटनले दोस्रो गोल थप्यो। जर्जिनियो रटरको पासमा  हिन्शेलउडले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर चेल्सीका एलेजान्द्रो गार्नाचो र मार्क गियुले अवसर पाए पनि दुवैको प्रहार लक्ष्यभन्दा बाहिर गयो ।

इन्जुरी समयको पहिलो मिनेटमा ब्राइटनले तेस्रो गोल ग¥यो। म्याक्सिम डे क्युपरको पासमा वेलबेकले गोल गरे। सिजनको यो उनको १३औँ गोल हो । यो जितपछि ब्राइटन (५० अंक) चेल्सी (४८ अंक ) लाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ । चेल्सीको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना झन् कमजोर बनेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको