Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख १६ देखि आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ११ : ४९ मा प्रकाशित

वैशाख १६ देखि आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । उक्तमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । विदेशमा रहेका नेपालीहरुले बैशाख २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको