Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा नेता कार्की भन्छन्- नयाँ पार्टीले देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुक्यौं, माफी माग्छु

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, ०७ : ५६ मा प्रकाशित

रास्वपा नेता कार्की भन्छन्- नयाँ पार्टीले देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुक्यौं, माफी माग्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् ।

नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशीका पुर्व मन्त्री लिला बल्लभ अधिकारीलाई निलम्बन गरेको विषयमा सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै कार्कीले एमालेले गरेको कारवाही सह्राननीय रहेको र आफुहरुले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न भन्ने हेरिरहेको उल्लेख गरेका छन् ।

साथै कार्कीले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा आफुहरु चुकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  

जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानविनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ ।

र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौँ । मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको