Like us!
Follow us!
Connect us!
Watch us!

बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १० : ५३ मा प्रकाशित

बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४९ दिनका लागि उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते हुने राष्ट्र बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको