Like us!
Follow us!
Connect us!
Watch us!

गरे के हुन्न ! १ वर्षमै घट्यो १० प्रतिशत चुहावट

आइतबार, ०४ चैत्र २०७४, ११ : ३० मा प्रकाशित

गरे के हुन्न ! १ वर्षमै घट्यो १० प्रतिशत चुहावट

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले पछिल्लो एक वर्षको अवधिमा १० प्रतिशत विद्युत् चुहावट घटाएको छ ।

सो वितरण केन्द्रले चालु आर्थिक वर्षको ७ महिनामा ठूलो परिमाणमा चुहावट घटाएको जनाएको छ ।

 आर्थिक वर्ष २०७३/७४ मा ३७.२६ प्रतिशत रहेको चुहावट २६.५२ प्रतिशतमा झरेको छ ।

चुहावट घटे पनि यो परिमाण विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत भइरहेको सबैभन्दा बढी हो ।

चालु आर्थिक वर्षको माघसम्म केन्द्रको वितरण प्रणालीमा रहेको २ करोड ३६ लाख ७२ हजार युनिटमध्ये ६२ लाख ७६ हजार ९२९ युनिट विद्युत् चुहिएर खेर गएको छ ।

१ करोड ७३ लाख ९५ हजार ७१ युनिट विद्युतको मात्रै महसुल उठेको छ । ग्राहकलाई नियमितरूपमा मिटर दिन गर्न थालेपछि हुकिङ चोरी नियन्त्रण हुँदै गएको वितरण केन्द्र प्रमुख संजीबकुमार साहले बताउनुभयो ।

साताको २ दिन विद्युत चोरीमा संलग्नलाई पक्राउ गरेर कारबाही पनि भइरहेको साहले बताउनुभयो ।

 चोरीमा संलग्न विरुद्ध कारबाही तीव्र पारेपछि मिटरको माग गर्ने ग्राहकको संख्या बढेको केन्द्रले जनाएको छ । विराटनगर क्षेत्रीय कार्यालयले केन्द्रलाई चालु आवको चुहावट २९ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ ।

७ महिनामा चुहावट नियन्त्रण अभियानमा ठूलो सफलता हात लागेकाले क्षेत्रीय कार्यालयको लक्ष्य पूरा गर्न सम्भव रहेको साहको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको