खराब मौसमका कारण हवाई उडान प्रभावित बनेका छन् । काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहँदा भिजिबिलिटी कमजोर बनेपछि आन्तरिक उडानहरू प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दृश्यता न्यून हुँदा अधिकांश आन्तरिक उडान हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित बनेका छन्। खराब मौसमकै कारण विभिन्न देशबाट आएका विमानहरू आकाशमै होल्डिङमा राखिएको छ । दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको विमान हाल आकाशमै फन्को लगाइरहेको छ।
त्यसैगरी दिल्लीबाट आएको अर्को विमान पनि अवतरणका लागि अनुमति नपाउँदा आकाशमै होल्डिङमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस