Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ उद्योग वाणिज्य महासंघको चुनावी माहौल (फोटोफिचर)

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, १० : ५४ मा प्रकाशित

यस्तो छ उद्योग वाणिज्य महासंघको चुनावी माहौल (फोटोफिचर)

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा निर्वाचन भइरहेको छ। बिहानैदेखि देशभरका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। यसअघि सोमबार महासंघको ६०औँ साधारण सभा सम्पन्न भएको थियो।

आज उपाध्यक्षहरू तथा कार्यकारिणी समितिका सदस्यहरू चयनका लागि मतदान भइरहेको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ। अन्य पदहरूका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरे छुट्टाछुट्टै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको