नेपालको पहिलो ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार निर्माण क्षेत्रमा रहेको मन्दीका बाबजुद कम्पनीले आफ्नो आम्दानी र खुद नाफा दुवैमा वृद्धि गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७ अर्ब ७९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको (६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ) तुलनामा करिब ३ प्रतिशत बढी हो । त्यस्तै कम्पनीको खुद नाफामा ५०.२१ प्रतिशत वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ६० करोड ३० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै कम्पनीको कुल नाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले उत्पादन लागत र अन्य खर्चहरूलाई कुशलतापूर्वक व्यवस्थापन गरेको देखिन्छ । विशेषगरी अन्य आम्दानी १२ करोड ४८ लाख रुपैयाँबाट बढेर १८ करोड ७९ लाख रुपैयाँ पुग्नुले नाफा बढाउन सहयोग पु¥याएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ९६ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस