Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको नाफामा ५९ प्रतिशतले घट्यो, खराब कर्जा १९.५३ प्रतिशत

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १० : ५४ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको नाफामा ५९ प्रतिशतले घट्यो, खराब कर्जा १९.५३ प्रतिशत

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा ५९.६३ प्रतिशतले घटेको हो । 

गत आवको तेस्रो त्रैमासिकसम्ममा ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५९.६३ प्रतिशतको गिरावट सहित १ करोड ३५ लाख रुपैयाँ खुद नाफामा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँबाट १०.८५ प्रतिशतले बढेर १९ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी २० करोड ७९ लाख रुपैयाँबाट ११.२७ प्रतिशतले बढेर २३ करोड १३ लाख रुपैयाँ नाघेको छ ।

आम्दानीमा वृद्धि भए पनि इम्पेयरमेन्ट चार्ज र एनपीएल बढेको कारण कम्पनीको नाफामा भारी गिरावट आएको हो । इम्पेयरमेन्ट चार्ज ४ करोड ७५ लाख रुपैयाँबाट बढेर ११ करोड ७१ लाख पुगेको छ भने एनपीएल १५.५२ प्रतिशतबाट बढेर १९.५३ प्रतिशत कायम भएको छ । ईपीएस पनि ३०.०८ रुपैयाँबाट घटेर १२.१५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३०.९१ रुपैयाँ र बेसरेट १२.८० प्रतिशत छ । कम्पनीको वितरणयोग्य मुनाफा ३६ लाख रुपैयाँबाट ३३७ प्रतिशतले बढेर १ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष न्यून भएको कारण भारी मात्रामा वृद्धि भएको देखिएको हो।

चुक्ता पूँजी १४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ग्राहकलाई ३ अर्ब २८ करोड कर्जा प्रवाह गरी २ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको सम्पत्तिको कुल मूल्य ३ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको