संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका हुन् ।
शक्तिपृथकीरकणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश सिफारिस भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । रिट दर्ता हुन बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै, अधिवक्ता विपिन ढकालले पनि सर्वोच्चमा रिट दिएका छन् । उनले पनि प्रधानन्यायाधीशमा शर्मालाई गरिएको सिफारिस विधि र प्रक्रिया विपरीत भएको जिकिर गरेका छन्। यो रिट पनि दर्ता हुन बाँकी छ ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका रिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मा सिफारिस भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस