Like us!
Follow us!
Connect us!
Watch us!

थपियो १३ मेगावाट विद्युत्

सोमबार, ०५ चैत्र २०७४, १० : ४१ मा प्रकाशित

थपियो १३ मेगावाट विद्युत्

अर्थ संसार, काठमाडौं– विभिन्न जलविद्युत् आयोजनाम विद्युत उत्पादन घटीरहेको बेला नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा पुनः  १३ मेगावाट विद्युत् थप भएको छ ।

कास्की जिल्लामा आयोजना स्थल रहेको मड्क्यू खोलामा निर्माण सम्पन्न भएको मड्क्यू खोला जलविद्युत् आयोजनाले यही शनिबारदेखि प्राधिकरणको प्रणालीमा १३ मेगावाट विद्युत् थप गरेको जनाएको छ । ।

सिक्लेस हाइड्रो पावरले निर्माण गरेको उक्त आयोजनालाई प्राधिकरणको उच्चा प्राविधिक टोलीले राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरेको आयोजनाले जनाएको छ ।  

प्रवद्र्धक कम्पनीका प्रमुख निराजन महर्जनका अनुसार क्षमता १३ मेगावाट भएपनि नदीमा पानी कम भएका कारण हाल आयोजनाले ५ मेगावाट मात्रै विद्युत् उत्पादन गरेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् कूल १४ किलोमिटर लामो प्रसारण लाइन मार्फत  मादी सवस्टेशनमा जोडिएको छ ।

यो पनि पढ्नुहोस्

फेरी खुल्यो रसुवागढी र साञ्जेनको आइपीओ , कर्मचारीले मात्र आवेदन दिन पाउने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको