Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका र स्कटल्यान्ड सँग खेल्ने नेपाली टोलि घोषणा, बसिरको स्थानमा इशान

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, ०६ : ३५ मा प्रकाशित

अमेरिका र स्कटल्यान्ड सँग खेल्ने नेपाली टोलि घोषणा, बसिरको स्थानमा इशान

नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा इशान पाण्डेले स्थान बनाएका छन् । इशान टोलीमा भित्रँदा बसिर अहमदले भने शृंखला गुमाउने भएका छन् ।

लिग २ शृंखला आउँदो मंगलबार (वैशाख २९)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदै छ । स्कटल्यान्ड र अमेरिका काठमाडौंको मौसमसँग घुलमिल हुन यहाँ नेपाल ‘ए’सँग अभ्यास खेल खेलिरहेका छन् ।

सोहीक्रममा नेपाल ‘ए’बाट इशानले ब्याटिङमा प्रभावकारी इनिङ खेलेका थिए । नेपाली टोलीको ब्याटिङमा समस्या देखिइरहेका बेला प्रशिक्षक स्टुअर्ट लले इशानलाई टोलीमा राखेका छन् । राष्ट्रिय टोलीमा उनको आगमनसँगै नेपाली टिमको ब्याटिङ विकल्प अझ बलियो बन्न पुगेको छ । प्रशिक्षक लले यसअघि अर्जुन कुमाललाई टोलीमा स्थान दिइसकेका छन् । भेट्रान विनोद भण्डारी पनि टोलीमै नै छन् ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललितनारायण राजवंशी ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको