युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।
उक्त साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर निष्काशनका लागि र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय अनुसूचीहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । कम्पनीको सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते बूक क्लोज गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस