Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले कमायो ३ करोड नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, ०८ : ४६ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले कमायो ३ करोड नाफा, अन्य सूचक कस्ता ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्म अवधिमा कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेको हो । 

चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कम्पनीले कुल ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी भने ६६ करोड ५८ लाख रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर ७१ करोड ४५ लाख रुपैयाँ नाघेको छ । कर्जा तथा लगानीबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर १२ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढ्दा कुल खर्च ४४.९० प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन पनि २६.६२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँबाट घटेर ०.९८ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १७०.९३ रुपैयाँ रहेको छ । चुक्ता पूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ८ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ७० लाख रुपैयाँ सञ्चिति रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको