Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १० : ५३ मा प्रकाशित

एशियन लाइफको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

एशियन लाइफ इन्स्योरेन्सको नाफामा करिब ४ प्रतिशतको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको नाफा ३.७९ प्रतिशतले वृद्धि भएर ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड ४७ लाख रुपैयाँ रहेको थियो । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा ७ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले अभिकर्ता कमीशन मार्फत यस बर्षको तेस्रो त्रैमाससम्मा ५९ करोड रुपैयाँ दिएको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ७७ लाख रुपैयाँ कमीशन अभिकर्ता कमीशनमार्फत दिएको थियो । कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफनो पुँजी गत बर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ३२ करोड रुपैयाँ, रिटेनि अर्निङ्गमा ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिर्पोट अनुसार यस अवधिसम्ममा कम्पनीको एपीएस ९ रुपैयाा २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको