Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पद्वारा इरान हमला स्थगित, इजरायल र लेबनानबीचको तनाव भने कायमै

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १० : ५७ मा प्रकाशित

ट्रम्पद्वारा इरान हमला स्थगित, इजरायल र लेबनानबीचको तनाव भने कायमै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि योजनाबद्ध सैन्य हमला कतार, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेट्सको आग्रहपछि तत्कालका लागि स्थगित गरिएको बताएका छन् । उनले अहिले इरानसँग “गम्भीर कूटनीतिक वार्ता जारी रहेको” दाबी गर्दै युद्धभन्दा संवादलाई प्राथमिकता दिइएको संकेत गरेका छन् ।

यता, इरानका राष्ट्रपति मसुद पेजेशकियनले भने प्रतिक्रिया दिँदै “संवाद आत्मसमर्पण होइन” बताएका छन् । उनले इरानले राष्ट्रिय अधिकार, स्वाभिमान र सार्वभौमिकता जोगाउँदै मात्रै वार्तामा सहभागी भएको स्पष्ट पारेका छन् । इरानले बाह्य दबाबका बीच पनि आफ्नो अडान कायम राख्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसबीच, इजरायल र लेबनानबीचको तनाव भने अझै कम हुन सकेको छैन । अमेरिकी मध्यस्थतामा युद्धविराम विस्तार गरिए पनि इजरायली आक्रमण जारी रहेको रिपोर्ट सार्वजनिक भएको छ । सोमबार मात्रै लेबनानमा कम्तीमा सात जनाको मृत्यु भएको जनाइएको छ । लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणबाट लेबनानमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । सीमावर्ती क्षेत्रमा लगातार बमबारी भइरहेका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

यसैबीच, गाजातर्फ सहायता बोकेर गइरहेका फ्लोटिला जहाजहरूलाई इजरायलले अन्तर्राष्ट्रिय जलक्षेत्रमै नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय आलोचना बढेको छ । विभिन्न देशहरूले मानवीय सहायता रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको टिप्पणी गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको