अर्थ संसार, दार्चुला – सनराइज बैंक लिमिटेड शाखा दार्चुलाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा जिल्लाका दुईजना टुहुरा बालिकालाई आज छात्रवृत्ति प्रदान गरेको छ ।
ब्यास गाउँपालिका वडा नं २ दुम्लिङ गाउँको सर्वहित आधारभूत विद्यालयमा अध्ययनरत छात्रा अञ्जना बुढाथोकी र करिष्मा जोहारीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
एघार वर्षीय अञ्जना बुढाथोकी कक्षा ५ मा अध्ययनरत छात्रा हुन् भने, सात वर्षीय करिष्मा जोहारी कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । उनीहरु चार÷पाँच वर्षदेखि टुहुरो जीवन जिउँदै आइरहेको स्थानीय तथा सर्वहित आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती धामीले जानकारी दिनुभयो ।
उनीहरुको पढाइका लागि बैंकले वार्षिक १७ हजारका दरले रु ३४ हजार विद्यालयको खातामा जम्मा गरिदिएको छ । सनराइज बैंक दार्चुला शाखाका प्रबन्धक राकेश बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीलाई बैंक र विद्यालयबीच भएको सम्झौताको पत्र हस्तान्तरण गर्दै छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
उनीहरुले कक्षामा सधैँ सफलता प्राप्त गरेमा कक्षा १२ सम्म पढ्नका लागि बैंकले छात्रवृत्ति प्रदान गरिरहने छ । बैंकले हालसम्म आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न जिल्लाका १० जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस