Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, २० : २६ मा प्रकाशित

प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै शपथ ग्रहण गराइएको थियो ।

संवैधानिक परिषद्ले  न्यायपरिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको