Like us!
Follow us!
Connect us!
Watch us!

जुनियर नियुक्तिपछि २० दिन बिदामा बसिन् सपना प्रधान मल्ल

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १० : ३९ मा प्रकाशित

जुनियर नियुक्तिपछि २० दिन बिदामा बसिन् सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी छन्। डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी बिदामा बसेकी हुन्।

सर्वोच्च अदालतकाले मल्ल २० दिन बिदामा रहेको जानकारी दिएका छन्।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनी असन्तुष्ट रहेको बताइएको थियो।

डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी सोही दिन शपथ ग्रहणसहित पदभार ग्रहण गरेका थिए। शपथ ग्रहण समारोहमा मल्ल सहभागी नभएको पनि जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको