Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्दै सकियो सानिमा जिआईसीको साधारणसभा

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १२ : २१ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्दै सकियो सानिमा जिआईसीको साधारणसभा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ८ औँ वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा आयोजना गरिएको साधारणसभाले ५ प्रतिशत बोनश सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश पारित गरेको हो । त्यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको छ । 

त्यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद सेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस सेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको