Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’ संचालनमा, ७ प्रतिशत व्याज

बुधबार, ०७ चैत्र २०७४, ११ : ११ मा प्रकाशित

आजदेखि जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’ संचालनमा, ७ प्रतिशत व्याज

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले आजदेखि नयाँ निक्षप खाता ‘जनता सुरक्षा बचत खाता’संचालनमा ल्याएको छ ।

यस निक्षप खातामा ७ प्रतिशत पाउने बैंकले जनाएको छ । सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउने उद्देश्यले बैंकले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको हो ।

जनता सुरक्षा बचत खाताकाविशेषताहरु निम्नलिखितछन् :

  •    न्यूनतमनिक्षेप रु. १०,०००।०० माखाताखोल्न सकिने ।

  •     वार्षिक ७प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने ।

  •    बचतकर्ताको रु. १० लाख सम्मको दुर्घटना बीमा गरिएको ।

  •    बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा रु. १ लाख सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा रु. ५,०००।०० सम्मको उपचार खर्चको बीमागरिएको ।

  •  बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको ।

  •  अन्य खाताहरुमा जस्तै :, ATM, ABBS, Internet Banking, Mobile Banking, C-ASBA सुविधा रहेको ।

सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयबाट जनता सुरक्षा खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ ।

यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेबामा हुने आकासिदो खर्चबाट राहत पाउने बैकले जनाएको छ ।

बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

 

5ab1f14a56541.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको