नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष फेर्ने कुरा गैर जिम्मेवारपूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा खेल्दै यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सचिवालय बैठकमा मेरो तर्फ बाट राखिएका २४ बुँदामध्ये दुई बुँदालाई लिएर गलत ढंगले प्रचार गर्न खोजिएकोले स्पष्ट पार्न चाहन्छु ।’
बस्नेतले अध्यक्ष केपी शर्मा ओली विरुद्ध उठाइएको विषयलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेका हुन्। उनका अनुसार बालेन र सुदनले सपथ खाएको २४ घण्टा नबित्दै ओलीलाई पक्राउ गरिएको थियो। तर कुनै आरोप पुष्टि हुन नसकेपछि अदालतले १३ दिनपछि रिहा गरेको उनले उल्लेख गरेका छन्। त्यसपछि स्वास्थ्य अवस्था कमजोर भएकाले डाक्टरको सल्लाहमा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरेर पत्थरी र हर्नियाको अपरेशन गरिएको बस्नेतले बताएका छन्।
अपरेशनपछि पनि निमोनिया र संक्रमणसँग संघर्ष गरिरहेका बेला पार्टीले नेतृत्वको रक्षा गर्दै आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र आपराधिक मानसिकता भएको उनको भनाइ छ। त्यस्तै, कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका रामबहादुर थापा ‘बादल’ ले साम्राज्यवादी शक्तिले अल्गोरिदममार्फत युवालाई गलत रूपमा परिचालन गरेको तथा सेना र प्रहरीजस्ता राज्य संयन्त्रको दुरुपयोग गरी निर्वाचन परिणाम प्रभावित गरिएको बताएका थिए। बस्नेतले उक्त धारणालाई पछि सच्याउने निर्णय गर्नु नै गल्ती भएको जिकिर गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस