अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७४/७५ को आफ्नो सेयरधनीलाई मुनाफाबाट लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
बैंकको ६२ औँ संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस