Like us!
Follow us!
Connect us!
Watch us!

बजार ओरालोमै, १३ अंकले घट्यो नेप्से, कारोबार रकम भने अघिल्लो दिनभन्दा १५ करोडले बढ्यो

सोमबार, २७ मंसिर २०७३, १५ : ५४ मा प्रकाशित

बजार ओरालोमै, १३ अंकले घट्यो नेप्से, कारोबार रकम भने अघिल्लो दिनभन्दा १५ करोडले बढ्यो

अर्थ संसार

काठमाडौं– सेयर बजारमा आएको सुस्तता साताको दोस्रो दिन सोमबार पनि जारी रह्यो । यस दिन बजारको परिसूचक १३ अंकले ओरालो लागेको छ । लामो समयपछि कारोबार खुलेका केही कम्पनीले भने घटेको बजारमा १० प्रतिशतभन्दा बढीले कमाएका छन् । 

यस दिन  बजार १३.३७ अंकले झरेर १५०९.४३ अंकमा बन्द भएको छ । दिनभरिमा १३७ कम्पनीको ५४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस दिन कारोबार रकम भने करिव १५ करोड रुपैयाँले बढेर ५४ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।  

घटेको बजारमा होटल र अन्य सुचक हरिाय भएका छन् । घटेका समुहमा बैंकिङ १६.६२ अंक, विकास बैक १२.६३ अंक, जलविद्युत ४.१७ अंक, फाइनान्स २.३१ अंक, बिमा ६७.६४ अंक र उत्पादनमूलक १७.२७ अंकले घटेका छन्।

 यस दिन सबैभन्दा बढी एभरेष्ट बैंकको नौं करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एभरेस्टले सोमबार बुक क्लोज र साधारणसभाको मिति घोषणा गरेको थियो । यसपछि सिद्धार्थ बैंकको ३ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

घटेको बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँमा पुगेको छ । यस्तै एनबी इन्स्योरेन्सको २८ रुपैयाँ बढेर ३१८ रुपैयाँ पुगेको छ।

 सोमबारको बजारमा सिर्जना फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, बरुण हाइड्रो, तारागाउँ रिजेन्सी होटललगायतले बढी गुमाएका छन् । 

यो पनि पढ्नुहोस्

रेखा थापाले फेरिन् पार्टी, माओवादी केन्द्रबाट अब राप्रपामा

नेशनल माइक्रो फाइनान्सलाई १६९ देखि ५०६ मूल्य रेञ्ज, अधिकतम मूल्यमा समेत बेच्न भेटिएनन्

मिर्मिरेको ५० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन, १६६७ रुपैयाँ प्रतिकित्ता

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी हुने

पुष्पा बस्नेत बनिन् सुपर हिरो, जितिन झण्डै ५५ लाख पुरस्कार [भिडियोसहित]

सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

मोबाइल व्यवसायीहरुको संस्थाबीच एकिकरण, अन्तर्राष्ट्रिय स्तरको  मोबाइल मेला गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको