Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले इरानमाथि हमला गरेपछि तेलको मूल्य १ प्रतिशतले बढ्यो

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, ११ : ०२ मा प्रकाशित

अमेरिकाले इरानमाथि हमला गरेपछि तेलको मूल्य १ प्रतिशतले बढ्यो

अमेरिका र इरानबीच बढ्दो तनावको असर फेरि एकपटक विश्वव्यापी तेल बजारमा देखिएको छ । अमेरिकी हमलापछि मंगलबार कच्चा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ ।

ब्रेन्ट क्रुड ८३ सेन्ट अर्थात् ०.९ प्रतिशतले बढेर ९२.२९ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई क्रुड ६८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ८८.९७ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । यसअघि तेलको मूल्य सात साताकै न्यून विन्दुमा पुगेको थियो। यद्यपि, पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज स्ट्रेटसँग जोडिएका जोखिमहरूका कारण बजारमा फेरि उछाल आएको छ ।

इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । यसैबीच, अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको