Like us!
Follow us!
Connect us!
Watch us!

बीमा क्षेत्रमा हालसम्मकै ठूलो मुद्दा, कम्पनीका अध्यक्ष र सीईओ सहित ४२ जनाविरूद्ध फौजदारी अभियोग

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, ०७ : ५४ मा प्रकाशित

बीमा क्षेत्रमा हालसम्मकै ठूलो मुद्दा, कम्पनीका अध्यक्ष र सीईओ सहित ४२ जनाविरूद्ध फौजदारी अभियोग

बीमा क्षेत्रमा हालसम्मकै सबै भन्दा ठूलो मुद्दा परेको छ । बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ४२ जना विरुद्ध एकै पटक फौजदारी अभियोग लागेको हो । 

धितोपत्र बजारमा सङ्गठित रूपमा गैरकानूनी गतिविधि गरी सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको अभियोगमा उनीहरुका विरुद्धमा मुद्दा दायर गरिएको हो । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित बीमा क्षेत्रमा आबद्ध सहित ४२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अभियुक्तहरूमध्ये बीमा क्षेत्रका प्रवद्र्धक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत देखि अन्य विभिन्न तहका कर्मचारीहरू समेत ६० जना परेपछि बीमा क्षेत्र तरङ्गित बनेको छ । अभियोग पत्रमा धितोपत्र बजारमा सङ्गठित रूपमा सर्कुलर ट्रेडिङ गरी एक अर्ब १४ करोड बढी घोटाला गरेको अभियोगमा ८१ जनालाई प्रतिवादी बनाएको छ । सरकारले  सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको रकम असुल गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ बमोजिम कैद र जरिवानाको माग गरेको छ । सरकारी वकिल कार्यालयले धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफा अन्तर्गत सजाय र बिगो भराउने मागदाबी गरेको हो ।

मुख्य अभियुक्तहरूमा बहालवाला प्रमुख कार्यकारी अधिकृतहरू हिमालन रिइन्स्योरेन्सकी उपासना पौडेल, हिमालयन लाइफका कपिल कुमार दाहाल,   नेपाल माईक्रो ईन्स्योरेन्सका मृगेन्द्र नाथ रिमाल, गार्डियन माइक्रो लाइफका चिरायु भण्डारी, प्रोटेक्टिभ माइक्रो ईन्स्योरेन्सका नरेश कुमार रोका, लिबर्टी माईक्रो लाईफका राम कुमार यादव,  क्रेष्ट माइक्रो लाईफका प्रतापमान श्रेष्ठ रहेका छन् । अन्य अभियुक्तहरूमा हिमालयन लाइफका पूर्व प्रमुख कार्यकारी मनोज लाल कर्ण समेत रहेका छन् । दाहाललाई हिमालयन ईन्भेष्टमेन्ट बैंकरका सञ्चालक अध्यक्षको हैसियतबाट अभियुक्त बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्रमा शंकर समूह र व्यवसायीक दिपक भट्टको प्रत्यक्ष अप्रत्यक्ष लगानी र नियन्त्रण रहेको हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लघु बीमा कम्पनीहरू, ब्रोकर र इन्भेष्टमेण्ट कम्पनी, पुनर्बीमा दलाल कम्पनीका कर्मचारीहरू रहेका छन् । प्रतिवादीहरूको सूचीमा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा (हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष), साहिल अग्रवाल र सञ्चालक रोहित गुप्ता पनि परेका छन्। यो मुद्दामा घोटालाका मुख्य योजनाकार दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका सञ्चालक) र सुलभ अग्रवाल(हिमालयन लाइफका पूर्व अध्यक्ष तथा शंकर ग्रुपका निर्देशक) लाई बनाइएको छ। साजै सुलभ अग्रवालकी श्रीमति शुभी अग्रवाल पनि कारोबारमा मुछिएकी छिन् ।

यसैगरी व्यावसायिक घराना, धितोपत्र ब्रोकर र आधा दर्जन बीमा कम्पनीका उच्च अधिकारीहरूलाई विपक्षी बनाइएको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो।

हिमालयन रिइन्स्योरेन्समा आबद्ध

१. उपासना पौडेल प्रमुख कार्यकारी अधिकृत
२.अमित मोर सञ्चालक
३. राजीव मोर सञ्चालक
४. शुभेच्छा खरेल सञ्चालक
५. सुभास कुमार झुनझुनवाला सञ्चालक
६. मनिष कुमार लगानी समिति सदस्य
७. शेखर गोल्छा तत्कालीन अध्यक्ष
८. रोहित गुप्ता तत्कालीन सञ्चालक
९.शाहिल अग्रवाल लगानी समिति संयोजक
१०.सुलभ अग्रवाल तत्कालीन सञ्चालक

हिमालयन लाईफ ईन्स्योरेन्समा आबद्धहरू

१. विवेक कुमार शाह सञ्चालक
२. लक्ष्मण ज्ञवाली सञ्चालक
३. राजिव प्रसाद प्याकुरेल सञ्चालक
४. आशिष ढकाल सञ्चालक
५. सौरभ दुगड सञ्चालक
६. सचिन आचार्य सञ्चालक
७. प्रमिला केसी सञ्चालक
८. दिगम्बर झा सञ्चालक

गार्डियन माइक्रो लाइफमा आबद्धहरूः

१. डा. जयप्रकाश जैसवाल सञ्चालक
२. उदयनारायण भट्टराई सञ्चालक
३. प्रमोद प्रसाद भट्टराई सञ्चालक
४. ज्योती अग्रवाल सञ्चालक
५. नवराज मुडभरी सञ्चालक
६. चिरायु भण्डारी प्रमुख कार्यकारी अधिकृत
७. ज्योती प्रकाश पाण्डे लगानी समिति सदस्य
८. समीर खरेल लगानी समिति सदस्य

प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्समा आबद्धहरूः

१. दिनेश सरिया सञ्चालक सदस्य
२. नितेश मालपानी सञ्चालक सदस्य
३. भानुभक्त पोख्रेल सञ्चालक सदस्य
४. कीर्तीका अग्रवाल सञ्चालक अध्यक्ष
५. निरू दाहाल सञ्चालक सदस्य
६. गणेश राज पन्त सञ्चालक सदस्य
७. दिपेश कुमार श्रेष्ठ लगानी समिति सदस्य सचिव
८. नरेश कुमार रोका प्रमुख कार्यकारी अधिकृत

क्रेष्ट माईक्रो ईन्स्योरेन्समा आबद्धहरूः
१. विदुर पुरी सञ्चालक
२. मृदुला सरिया सञ्चालक
३. विनोद नरसिंह श्रेष्ठ सञ्चालक
४. ईश्वरलाल श्रेष्ठ सञ्चालक
५. सुनिता मर्हजन सञ्चालक
६. रोहित करण वैद्य लगानी संयोजक
७. प्रतापमान श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत
८. ऋषराज मोर तत्कालीन अध्यक्ष०
९. पवित्र लाल चुके तत्कालीन सञ्चालक सदस्य

लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्समा आबद्धहरूः
१. बलराम खत्री सञ्चालक सदस्य
२. नेहा अग्रवाल सञ्चालक सदस्य
३. आसिस सिंह सञ्चालक सदस्य
४. राम कुमार यादव प्रमुख कार्यकारी अधिकृत
५. देवेन्द्र धिताल वित्त विभाग प्रमुख
६. निकोलस पाण्डे अध्यक्ष
७. मनिष तिमिल्सिना संयोजक

नेपाल माइक्रो इन्स्योरेन्समा आबद्धहरूः

१ आशिष श्रेष्ठ अध्यक्ष
२ मृगेन्द्र नाथ रिमाल प्रमुख कार्यकारी अधिकृत
३ सिद्धान्त झुनझुनवाला सञ्चालक
४ लतिका गोल्यान सञ्चालक
५ बद्री सिग्देल सञ्चालक
६ प्रविना दाहाल सञ्चालक
७ सुजल मल्ल लगानी समिति सदस्य

गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्समा आबद्धहरूः

१. उदिप श्रेष्ठ अध्यक्ष
२. त्रिशिला झुनझुनवाला सञ्चालक
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको