अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐनबमोजिम स्थापना भई बीमा ऐन २०४९ अनुसार सञ्चालित निर्जीवन बीमा कम्पनी हो । कम्पनीले २०६१ पुस ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०६२ साउन २ गतेदेखि व्यवसाय शुरू गरेको थियो ।
आव २०७४/७५ को दोस्रो त्रैमासम्ममा उसको नाफा १० प्रतिशत बढेर रू. ८ करोड ५२ लाख नाफा पुगेको छ । कम्पनीले रू. १४ करोड ३ लाख आम्दानी गरेकाले नाफा बढेको हो । अघिल्लो आवको दोस्रो त्रैमासमा रू. ७ करोड ६९ लाख नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १ सय २५ प्रतिशत बढेर रू. ८८ करोड पुगेको छ ।
१ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन र १२ दशमलव ८२ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी बढेको हो । पुस मसान्तसम्ममा कम्पनीले रू. ५७ करोड ३२ लाख बीमाशुल्क आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी रू. १९ दशमलव ३७ छ । साथै, बीमा समितिको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्याउनुपर्ने भएकाले यो कम्पनीले अपुग पूँजी बोनस शेयरबाट पु¥याउने लक्ष्य राखेको छ ।
कम्पनीले विगतको अनुभवको आधारमा बीमा बजारको जोखीम विश्लेषण, विविधीकरण, गुणस्तरीय व्यवसायको अभिवृद्धि गरी सरल, छिटो छरितो रूपमा ग्राहकलाई सेवा प्रदान गर्ने नीतिलाई निरन्तरता दिने रणनीति लिएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १९ दशमलव ७१ प्रतिशतबाट घटेर ९ दशमलव ६८ प्रतिशतमा सीमित भएकोे छ । कम्पनीको बीमा कोषमा रू. ३६ करोड ८६ लाख जम्मा भएको छ । कम्पनीले महाविपत्ति कोषमा रू. ३ करोड २० लाख छुट्याएको छ ।
-
दीर्घकालीन लगानी तथा कर्जा यो त्रैमासमा ७ प्रतिशत बढेर रू. १३ करोड ५५ लाख र खुद चालू सम्पत्ति ३० प्रतिशत बढेर रू. १ अर्ब ९ करोड ३५ लाख पुगेको छ ।
-
पुस मसान्तसम्ममा रू. १४ करोड ३ लाख आम्दानी गर्दा रू. ५ करोड ५१ लाख खर्च भएको छ ।
-
जारी बीमा लेखको सङ्ख्या ७१ हजार ३ सय ७१ पुगेको छ । १ हजार ६ सय ५८ जनालाई रू. १६ करोड ५८ लाख दाबी रकम भुक्तानी गरेको छ ।
-
नवीकरण गरिएको बीमालेखको सङ्ख्या ८ हजार ७ सय ३३ छ भने १ हजार ९ सय ८७ जनालाई रू. ४१ करोड ५१ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
-
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १९ दशमलव ३७, मूल्य आम्दानी अनुपात रू. ३० दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव ६८ छ । बिहीवारको शेयरमूल्य नेटवर्थको ३ गुणा छ ।
प्राविधिक विश्लेषण
खरीद चाप : बैङ्कको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप करीब २ गुणा बढी छ । सो अवधिसम्ममा ४ हजार ४ सय २१ कित्ता शेयर खरीद र २ हजार ३ सय ७१ कित्ता शेयर विक्री गर्ने माग थियो ।
मैनबत्ती बिश्लेषण : कम्पनीको ५८ दिनको कारोबारको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस आकृतिले बुलिश ट्रेण्डमा रिभर्स हुने सङ्केत देखाउँछ । यसको विश्सनीयता भने सामान्य छ ।
आरएसआई : कम्पनीको ५८ दिनको कारोबारमा ओभरसोल्ड जोन (२५ दशमलव ८६ स्केल)मा छ । यसले विक्री चाप बढेको देखाउँछ ।
स्ट्याण्डर्ड डेभिएशन : कम्पनीको ५८ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन १५ दशमलव शून्य ६ विन्दुमा छ । उतारचढाव सामान्य छ ।
मुभिङ एभरेज : कम्पनीको ५८ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखा तल छ । यदि हालको मूल्य रू. ४ सय ७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय १० मा प्रतिरोध पाउन देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस