Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, कम्पनी विश्लेषण

सोमबार, १२ चैत्र २०७४, ०८ : ५२ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

बैंकको सञ्चालक समितिमा बङ्गलादेशको आईएफआईसी बैंकका तर्फबाट सदस्य रहेका मनिरुल इस्लामको ठाउँमा क्वाम्रुन नहेर अहमदलाई सञ्चालकको रूपमा नियुक्त गरिएको छ । साथै, क्वाम्रुन नहेर अहमदको वैकल्पिक सञ्चालकको रूपमा रबेहा जमालीलाई मनोनीत गरिएको छ ।

नेपाल बङ्गलादेश बैङ्क : कम्पनी विश्लेषण (सोमवार, १२ चैत २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद मुनाफामा १९ प्रतिशत कमी आएको छ । कम्पनीले यो त्रैमासमा ४३ करोड ८० लाख खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष उसले ५४ करोड ६ लाख खुद मुनाफा कमाएको थियो ।

  • जगेडा कोषमा ९ प्रतिशत वृद्धि भएको छ । कोषमा अहिले २ अर्ब ७९ करोड रुपैयाँ छ ।

  • पूँजी वृद्धि र खुद मुनाफामा आएको कमीसँगै प्रति सेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन परेको देखिन्छ । यो त्रैमासमा बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९५ पैसाबाट घटेर १० रुपैयाँ ८३ पैसा कायम भएको छ ।

  • यो दोस्रो त्रैमाससम्ममा ४१ अर्ब ८९ करोड निक्षेप उठाएर ४१ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप २ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १४ प्रतिशत वृद्धि भएको छ ।

  • खुद ब्याज आम्दानी २ प्रतिशत वृद्धि भएर ७४ करोड २६ लाख पुगेको छ ।

  • सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत घटेर ६३ करोड १ लाख पुगेको छ । आम्दानीमा २० करोड ७५ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट ४ करोड १० लाख फिर्ता भएको छ ।

  • निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशतबाट वृद्धि भएर १ दशमलव ४७ प्रतिशतमा आएको छ ।

  • यो अवधिमा सीसीडी रेशियो भने राष्ट्रबैंकले तोकेको अधिकतम सीमा ८० प्रतिशत नजीक पुगेको छ, जसले कम्पनीलाई अब आउने दिनेमा थप नयाँ कर्जा प्रवाह गर्न मुश्किल पर्ने देखिन्छ ।

  • ब्याज दर वृद्धिका कारण बैंकको कोषको लागत भने वृद्धि भएको छ । बैंकको कोषको लागत ४ दशमलव ४४ प्रतिशतबाट वृद्धि भएर ७ दशमलव ९२ पुगेको छ भने ब्याज स्प्रेड दर ३ दशमलव ४६ प्रतिशत छ ।

  • बैंकले प्रकाशन गरेकोे वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ, तरलता अनुपात २४ दशमलव १२ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ६ सय ८४ रुपैयाँ छ ।

निष्कर्ष : 
समीक्षा अवधिमा बैंकको पूँजी ठूलो मात्रामा वृद्धि भएको छ । साथै, प्रोभिजनको रकममा आएको वृद्धिले समग्रमा खुद मुनाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घट्न पुगेको देखिन्छ । बैंकको सीसीडी रेशियो ८० प्रतिशत नजीकै छ, जसले गर्दा बैंकलाई आगामी दिन कर्जा प्रवाहमा समस्या पर्ने देखिन्छ । अतिरिक्त कर्जा प्रवाह गर्न उसले थप निक्षेप सङ्कलनमा जोड दिनुपर्छ ।

प्राविधिक विश्लेषण : नेपाल बङ्गलादेश बैङ्क घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : २४५ । प्रतिरोध १ : २२३० । अन्तिम कारोबार मूल्य : २२० । टेवा १ : २०० । टेवा २ : १९५

बजारको अवस्था
नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ । घट्दो प्रवृत्तिमा रहेको यस बैङ्कको सेयरमूल्य बुधवार उच्च अङ्क घटेको हो । साताको अन्तिम कारोबार दिन यस बैंकको सेयरमूल्य २ रुपैयाँ अर्थात् शून्य दशमलव ९० प्रतिशत घटेर २ सय २० रुपैयाँमा बन्द भएको छ भने १५ हजार २ सय ६१ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार नेपाल बङ्गलादेश बैंकको सेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स 
एडीएक्स सूचकको नकारात्मक सूचक सकारात्मक सूचकभन्दा माथि रहेको हुनाले यस कम्पनीको सेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको सङ्केत गरेको छ ।

एटीआर
एटीआर सूचक केही दिनयता बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस बैंकको सेयरमा उतारचढाब बढेको बुझाएको छ ।

स्टोकास्टिक 
स्टोकास्टिक सूचक ओभरसोल्ड क्षेत्र नजीक रहेको हुनाले नेपाल सेयरमा विक्रेताको चाप बढेको बुझाएको छ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस बैंकको सेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको छ । साथै, मैनबत्ती विश्लेषणले पनि बजारमा विक्रेताको चाप बढेको सङ्केत गरेको हुनाले यस बैंकको सेयरमूल्य घट्ने सम्भावना उच्च रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको