Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाकै जस्तो सपना मैले पनि देखेको थिएँ : सीके राउत

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १६ : २१ मा प्रकाशित

रास्वपाकै जस्तो सपना मैले पनि देखेको थिएँ  : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीले जस्तै आफूले पनि देश विकास र परिवर्तनको सपना देखेको टिप्पणी गरेका छन्। रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा उनले यस्तो धारणा राखेका हुन्। सोही क्रममा अध्यक्ष राउतले आफू र आफ्नो पार्टी रास्वपाको कुनै प्रतिस्पर्धी नभएको समेत प्रष्ट पारेका छन्।

उनले भने, ‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो । त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ । जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ । म कुनै प्रतिस्पर्धीको रुपमा होइन, सहयात्रीको रुपमा उपस्थित भएको छु।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको