Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर स्पेशल प्रि ओपन सेसनमा भयो कारोबार, कुनको मूल्य कति ?

अर्थ संसार

सोमबार, ०८ असार २०८३, ११ : ०६ मा प्रकाशित

दुई कम्पनीको सेयर स्पेशल प्रि ओपन सेसनमा भयो कारोबार, कुनको मूल्य कति ?

आजको स्पेशल प्रि ओसन सेसनमा याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ । यस दिन यी कम्पनीहरुको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।

यी कम्पनीहरुको सेयर असार ५ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो । अब यी कम्पनीहरूको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर (त्एप्ज्ी) ले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको