Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ४४ करोड

अर्थ संसार

सोमबार, ०८ असार २०८३, १४ : ४६ मा प्रकाशित

झिनो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ४४ करोड

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसूचक १.४६ अंकले घटेर बन्द भएको हो ।

यो सँगै सेयर बजार परिसूचक २७०० विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक २७००.६५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले घटेर ४६३.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मुल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । 

परिसूचक सामान्य अंकले घटेको दिन बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भउको छ । आज ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर ९० हजार ८६२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको