Like us!
Follow us!
Connect us!
Watch us!

चुक्तापुँजीको ४५ प्रतिशत जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

सोमबार, १२ चैत्र २०७४, १३ : १० मा प्रकाशित

चुक्तापुँजीको ४५ प्रतिशत जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार, काठमाडौं– मुलुकका ठूलो आयोजनाहरुमा लगानी गर्ने उदेश्यले चुक्ता पूँजी २० अर्बमा खुल्ने तयारीमा रहेको पुर्वाधार विकास  बैंकका लगानीकर्तालाई नियामक नेपाल राष्ट्र बैंकले  चुक्तापूँजीको ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको छ ।

पूर्वाधार बिकास बैंकमा २६ वटा बैङक तथा वित्तिय संस्था तथा इन्सुरेन्स कम्पनी, १४ व्यक्तिगत लगानी सहित निजी क्षेत्रको ९० प्रतिशत र नेपाल सरकारको १० प्रतिशतसहित २० अर्बको चुक्तापूँजीमा सो बैंक संञ्चालनमा आउन लागेको हो ।

अध्यक्षमा पूर्व  मुख्य सचिव  डा. बिमल कोइराला रहेका पूर्वाधार विकास बैंकमा व्यतिगत लगानीकर्तामा वोधप्रसाद त्रिपाठी, नितेश अग्रवाल, आकाश गोल्छा, डा. विनोत आत्रेय, वीरेन्द्र कुमार संघई, शशीकाान्त अग्रवाल, शुभासचन्द्र सङघई, सुशील गुप्ता, प्रकाश पुन्दना, दीपक कुमार महेत्रा, रोहित गुप्ता, हेमन्त गोल्छा, दीपक कुमार पुन्दडा र जीवननाथ लामिछाने छम् ।

नेपाल इस्फास्ट्रक्चर बैंक लिमिटेड नाम दिइएको सो बैंकले देशको पूर्वाधार विकास सम्बधी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने प्रमुख  उद्देश्यले लिएको छ भने राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवाश्यक रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दर्घिकालिन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङग कारोबार गर्ने मुख्य उदेश्य रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको