Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनमा १५ करोड लगानी गर्ने

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १२ : ११ मा प्रकाशित

भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनमा १५ करोड लगानी गर्ने

 

भिजन लुम्बिनी ऊर्जा लिमिटेडको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि.मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।  यसअघि भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनद्वारा प्रवर्द्धित १३ मेगावाटको 'अपर सेती–१ जलविद्युत आयोजना'लाई आफ्नो २५ मेगावाटको 'सेती नदी जलविद्युत आयोजना'को क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न सैद्धान्तिक सहमति दिइसकेको थियो।

 

 

उक्त निर्णय बमोजिम अपर सेती–१ जलविद्युत आयोजनालाई क्यासडेक आयोजनाका रूपमा निर्माण गर्न तथा भिजन लुम्बिनी ऊर्जाका आवश्यक पूर्वाधार एवं सुविधाहरू उपयोग गर्न दिएबापत श्रेष्ठ इनर्जी सोलुसनबाट १५ करोड रुपैयाँ प्राप्त गरेको थियो। कम्पनीले १३ मेगावाटको 'अपर सेती–१ जलविद्युत' आयोजनाको निर्माण तथा विकासका लागि श्रेष्ठ इनर्जी सोलुसनमा सोही १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको