Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावर कम्पनीको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक कम्पनी विश्लेषण

शुक्रबार, १६ चैत्र २०७४, ०७ : ५५ मा प्रकाशित

बुटवल पावर कम्पनीको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

बुटवल पावर कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ५ सय १ रुपैयाँ थप प्रिमियमसहित निष्कासन गरेको ४० लाख ८१ हजार कित्ता एफपीओको आवेदन गत फागुन १५ गते बन्द गरेको थियो । उक्त एफपीओ बाँडफाँट हुन भने बाँकी छ ।

बुटवल पावर कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १४ चैत २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ३५७ प्रतिशत वृद्धि गरी ५९ करोड ९२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा उसले १३ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

  • विद्युत् विक्री आयबाट ४० करोड ९८ लाख रुपैया आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २ प्रतिशत बढी हो ।

  • दोस्रो त्रैमाससम्म २७ करोड ८० लाख सञ्चालन मुनाफा गरेको छ ।

  • जगेडा कोषमा २८ प्रतिशत वृद्धि भएको छ । १ अर्ब ८१ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ८६ करोड रुपैयाँ हुनुले पनि कम्पनी वित्तीय रूपमा सबल रहेको देखाउँछ । साथै, अुनदान सहयोग शीर्षकमा १८ करोड ५१ लाख रुपैयाँ पनि जगेडाको रूपमा राखेको छ ।

  • दोस्रो त्रैमाससम्म अन्य कम्पनीमा शेयर लगानी ११ प्रतिशत वृद्धि १ अर्ब ७५ करोड गर्न पुर्‍याएको छ । साथै, सोही अवधिमा पूँजीगत कार्य प्रगतिमा पनि १८ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।

  • कुल चालू सम्पत्ति ६४ प्रतिशत वृद्धि भएर १ अर्ब २६ करोड ८० लाख रुपैयाँ पुगेको छ । कुल चालू दायित्व पनि ७ प्रतिशत वृद्धि भएर ३६ करोड १८ लाख रुपैयाँ भएको छ ।

  • दीर्घकालीन कर्जाको आकार गतवर्षको सोही अवधिभन्दा २२ प्रतिशत कमी ल्याउँदै ५० करोड ६८ लाखमा झारेको छ ।

  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ २५८ दशमलव २१ रुपैयाँ, प्रतिशेयर आम्दानी ६६ रुपैयाँ १९ पैसा (वार्षिक) छ ।

निष्कर्ष :
समीक्षा अवधिमा अन्य कम्पनीमा गरेको लगानीबापत पाएको ४९ करोड ६० लाखबराबरको लाभांश आम्दानीले कम्पनीको खुद मुनाफा तथा प्रतिशेयर आम्दानीमा ठूलो मात्रामा वृद्धि देखिएको छ । यद्यपि, एफपीओ विक्रीपछि बढ्ने चुक्तापूँजीसँगै लाभांश आम्दानी वर्षभर नहुने भएकोले आउने समयमा कम्पनीलाई आफ्नो प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न चुनौती थपिनेछ ।

प्राविधिक विश्लेषण : बुटवल पावर २०१४ सालको टेवामा

प्रतिरोध २ : ५५० । प्रतिरोध १ : ५०० । अन्तिम कारोबार मूल्य : ४६८ । टेवा १ : ४२० । टेवा १ : ४००

बजारको अवस्था
बुटवल पावर कम्पनीको शेयरमूल्य करीब ४ महीनायता उच्च अङ्क घट्दै आएको छ र सोमवार पनि यस कम्पनीको शेयरमूल्य उच्च अङ्क घटेको छ । मङ्गलवार यस कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ अर्थात् ७ दशमलव ३४ प्रतिशत बढेर ४ सय ६८ मा बन्द भएको छ भने ५ हजार १ सय ४२ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स 
एडीएक्स सूचकअनुसार यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एटीआर 
एटीआर सूचक केही दिनयता बढ्दो प्रवृत्तिमा रहेको हुनाले कम्पनीको शेयरमूल्यमा उतारचढाव बढेको सङ्केत गरेको छ ।

स्टोकास्टिक 
स्टोकास्टिक सूचक लामो अवधिदेखि ओभरसोल्ड क्षेत्रमा रहेकोले कम्पनीको शेयरमा खरीदकर्ताको चाप नरहेको र तुलनात्मक हिसाबले विक्रेता नै हाबी रहेको बुझाएको छ ।

निष्कर्ष 
विभिन्न प्राविधिक सूचकहरूले बुटवल पावरको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले प्रस्ट बढ्ने सङ्केत नगरेसम्म यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमै रहने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको