Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक बन्दै जनता बैंक, एकै साथ ८ स्थानमा विस्तार

शुक्रबार, १६ चैत्र २०७४, २० : ३२ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक बन्दै जनता बैंक, एकै साथ ८ स्थानमा  विस्तार

अर्थ संसार, काठमाडौं– बैंकहरु माझ छुट्टै स्थान बनाउन सफल जनता बैंक नेपाल लिमिटेडले पछिल्लो समय शाखा विस्तारमा आक्रमक बन्दै आएको छ । पछिल्लो समय बैंकले एकै साथ ८ स्थानमा शाखा विस्तार गरी कारोवार सुरु भएको छ ।

बैंकले रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा टिकापुर शाखा, टिकापुर न.पा. १, कैलाली,वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जा, महाराजगंज शाख, काठमाडौं महानगरपालिका ३, काठमाडौं, ग्वार्कोशाखा, ललितपुर महानगरपालिका ८, ललितपुर, नयाँमिल शाखा, तिलोतमा न.पा. ५, रुपन्देही, दुम्किबास शाखा, बिनयी त्रिवेणी गाउँपालिका १, नवलपरासी, भुरी गाँउशाखा, ठकुरबाबा न.पा.वडा नं. १ र  बर्दिया स्थानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको  हो ।  

यस सगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् ।यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट बोनस शेयर वितरणगरे पश्चात चुक्तापुँजी रु. ८ अर्ब ७लाखपुगेको छ ।  यस सगै राष्ट्र बैंकले तोकेको पुँजीसिमा पुरा भइसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको