Like us!
Follow us!
Connect us!
Watch us!

‘असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने’

शनिबार, १७ चैत्र २०७४, १९ : ५८ मा प्रकाशित

‘असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने’

अर्थ संसार, बेँसीशहर, लमजुङ– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहुँच पुग्ने बताउनुभएको छ ।

शनिबार लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको उद्घाटन गर्दै उहाँले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरु लागिपरेको बताउनुभयो । “असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भन्नुभयो, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैंकबाटै हुन्छ ।”

विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्र बैंकले लिएको उहाँको भनाइ थियो ।

सिभिल बैंकले ५९ औँ शाखाका रुपमाबेँसीशहरमा शाखा विस्तार गरेको हो । योसँगै सिभिल बैंकले लमजुङमा पाँच शाखा विस्तार गरिसकेको छ । नेपालभर बैंकको कुल ५९ शाखा रहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको