Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालयलाई सेञ्चुरी कमर्सियल बैंकको कम्प्युटर सहयोग

सोमबार, १९ चैत्र २०७४, १८ : ०३ मा प्रकाशित

विद्यालयलाई सेञ्चुरी कमर्सियल बैंकको कम्प्युटर सहयोग

अर्थसंसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च माध्यमिक विद्यालय हस्तान्तरण गरेको छ ।

काभ्रे–४, बनेपामा रहेका  श्री उग्रचण्डी नाला समाज मार्फत कम्प्युटर हस्तान्तरण गरिएको हो ।  सो कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई  हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको