Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

सोमबार, १९ चैत्र २०७४, १८ : २२ मा प्रकाशित

ज्योति विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच आज बैकासुरेन्स सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच  बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा यस बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको  १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको