Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा सामान्य सुधार, कारोबार रकम भने अझै घट्यो

बुधबार, २९ मंसिर २०७३, १५ : ५१ मा प्रकाशित

बजारमा सामान्य सुधार, कारोबार रकम भने अझै घट्यो

अर्थ संसार
काठमाडौं–उतारचढावपूर्ण बुधबारको सेयर बजार सामान्य रुपमा सुधार आएको छ । कारोबार रकम भने अघिल्लो कारोबारभन्दा घटेको छ । लगानीकर्ता अझै निस्क्रिय रहेको कारोबार रकमले देखाउँछ ।
यस दिन नेप्से ६ दशमलव ६५ अंकले बढेर १५१६.०८ अंकमा बन्द भएको छ । बढेको बजारमा होटल र वित्त समुह भने घटेका छन् । अरु समुह सबै हरिया भएका छन् । 

यस दिन १३७ कम्पनीको ७ लाख ५३ कित्ता सेयर किनबेचबाट ४८ करोड ६१ लाख रुपैंयाको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै चार करोडले घटेको छ । केही दिनयता कारोबार रकम निकै घट्दै आएको छ । 

केही दिनयताको जस्तै सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको भएको छ । बुधबार यस बैंकको ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन हिमालयन डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।  यस कम्पनीको सेयरमूल्य केही दिनयता लगातार बढीरहेको छ । यस दिन पनि १० प्रतिशतकै हाराहारीमा मूल्य बढेको छ । यस दिन नेशनल लाइफ इन्स्योरेन्स, नागबेली लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै अरुण फाइनान्स कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

यस दिन बैंकिङ ७.८२, विकास बैंक १.२४, जलविद्युत १.७१, बीमा ५९.६६, उत्पादन १५.३६र अन्य ०.८७ अंकले बढेका छन् । यस्तै होटल १३.१४ र फाइनान्स ०.६४ अंकले घटेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको