Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

शुक्रबार, २३ चैत्र २०७४, ११ : २४ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

प्रमुख गतिविधि:

बैंकको गत कात्तिकमा सम्पन्न ३१औ वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, कम्पनीले आफ्नो स्थापनाको ३२औं वार्षिकोत्सव पनि मनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा १५ प्रतिशत वृद्धि हासिल गरेको छ । कम्पनीले यो त्रैमासमा १ अर्ब ८३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

  • पूँजीवृद्धिको अनुपातमैबैंकले आफ्नो प्रतिसेयरर आम्दानी पनि सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ । यस अवधिमा उसको पूँजी २२ प्रतिशत वृद्धि हुँदा पनि प्रतिसेयर आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ९६ पैसा घटेर ३४ रुपैयाँ ४५ पैसा कायम छ।

  •  निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १ खर्ब २९ अर्ब निक्षेप उठाई १ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप ११ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १८ प्रतिशत वृद्धि भएको छ । यसले गर्दा यो अवधिमा बैङ्कको सीसीडी रेशियो ७८ दशमलव ४७ प्रतिशत छ ।

  •  मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी १६ प्रतिशत वृद्धि भएर २ अर्ब ६८ करोड पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २ अर्ब ४४ करोड छ । खुद आम्दानीमा ४६ करोड ११ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट ३२ करोड ८५ लाख फिर्ता भएको छ ।

  • निष्क्रिय कर्जामा वृद्धि भएको छ । यस अवधिमा बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव ७० प्रतिशतबाट वृद्धि भएर १ दशमलव १२ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि राम्रै रकम प्रोभिजन गरेको छ । यसका लागि कम्पनीले १७६ दशमलव २८ प्रतिशतरकम व्यवस्था गरेको छ ।

  •  ब्याजदर वृद्धिका कारण बैंकको कोषको लागत बढेको छ । कोषको लागत ३ दशमलव ५३ प्रतिशतबाट वृद्धि भएर ६ दशमलव २१ प्रतिशत पुगेको छ भने ब्याज स्प्रेडदर ४ दशमलव शून्य ५ प्रतिशत छ ।

  • बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १ सय ९३ दशमलव २८ रुपैयाँ, तरलता अनुपात २७ दशमलव ४६ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १४८९ दशमलव ५२ छ ।

  • निष्कर्ष :
    समीक्षा अवधिमा बैंकले निक्षेप तथा कर्जा परिचालनको आकार र खुद ब्याज आम्दानी पनि बढाएको छ । यसले प्रतिसेयर आम्दानी सन्तुलनमा राख्ने प्रयास गरेको छ । तर, यसै अवधिमा देखिएको कोषको लागतमा आएको वृद्धि र निष्क्रिय कर्जाको अनुपात कम गर्नुपर्ने चुनौती बैङ्कसमक्ष छ ।


बजारको अवस्था
यस कम्पनीको ४ अप्रिल, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ६ सय ५६ मा छ । यो मूल्य अघिल्लो दिनको भन्दा ११ रुपैयाँ अर्थात् १ दशमलव ७१ प्रतिशत बढी हो । त्यस दिनको परिमाण १९ हजार ३ सय ६५ मा छ । यो अघिल्लो दिनको भन्दा २ हजार ९ सय ९६ कित्ता बढी हो ।.

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत १ वर्षदेखि मूल्यको प्रवृत्ति हेर्दा माथिल्ला बिन्दुहरू ६९० (औसत) र तल्ला बिन्दुहरू ६१० (औसत)को
समानान्तर च्यानलमा सीमित रहेको देखिन्छ । अन्तिम दिन मूल्यले ६ सय ५३ को प्रतिरोध तोडेको छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए):
मूल्य प्रवृत्तिहीन रहेकोले हाल २१ दिनको ईएमएले दिएको सङ्केत दीर्घकालीन समयका लागि प्रभावकारी देखिँदैन ।

एडीएक्स :

यो सूचकको प्रवृत्तिले बजारमा विक्रेताको चाप केही कम भएको सङ्केत गर्दछ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) :
१४ दिनको आरएसआई ३२ अङ्कदेखि ५२ अङ्कमा आएकोले मूल्य केही सकारात्मक हुन सक्ने सङ्केत गर्दछ ।

मैनबत्ती :

अन्तिम दिनको मैनबत्तीले त्यस दिन बजारमा क्रेताको चाप रहेको देखिन्छ । निष्कर्ष समग्र रूपमा बजार प्रवृत्तिहीन छ । यदि मूल्य ६ सय ५३ भन्दा माथि केही स्थिर रहन सके मूल्य बढ्न सक्ने सङ्केत गरे पनि अर्को तत्कालीन प्रतिरोध ६ सय ६४ मा रहेको देखिन्छ भने बलियो प्रतिरोध ६ सय ९० मा रहेको देखिन्छ । त्यस्तै, अघिल्लो प्रतिरोध ६ सय ५३ हाल आएर तत्कालीन टेवामा परिणत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको