Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत बोनस दिएको सनराइज बैंकको इतिहास कस्तो छ ? हेरौं, कम्पनी विश्लेषण

शनिबार, २४ चैत्र २०७४, ०७ : ३४ मा प्रकाशित

१५ प्रतिशत बोनस दिएको सनराइज बैंकको इतिहास कस्तो छ ? हेरौं, कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

कम्पनीले पुस ३ गते सम्पन्न गरेको १०औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पश्चात् कम्पनीको पूँजी ८ अर्ब पुगेको छ ।

सनराइज बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, २० चैत २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  •  बैंक को अवधि मा खुद नाफामा ४ प्रतिशत कम भएकोे छ । कम्पनीले यो वर्षको दोस्रोे त्रैमासमा ५८ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा उसले ६० करोड ९७ लाख खुद नाफा कमाएको थियो ।

  • आफ्नो पूँजी वृद्धि भएसँगै प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न कठिन भइरहेको देखिन्छ । यो अवधिमा उसको पूँजी ५४ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँबाट घटेर १४ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा ६३ अर्ब २६ करोड निक्षेप उठाई ५६ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप १० प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १४ प्रतिशत वृद्धि भएको छ ।

  • ऋण तथा निक्षेपमा वृद्धि भएसँगै, कर्जासँग पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ७८ दशमलव ६४ प्रतिशत कायम छ ।

  • मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानीमा यस अवधिमा १६ प्रतिशत वृद्धि भएर १ अर्ब २७ करोड पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १ प्रतिशत वृद्धि भएर ८३ करोड ६ लाख पुगेको छ । आम्दानीमा २३ करोड ६४ लाख प्रोभिजनका कारण घट्न पुगेको देखिन्छ भने जोखीम कोषबाट २३ करोड २० लाख फिर्ता भएको देखिन्छ ।

  • निष्क्रिय कर्जामा थोरै वृद्धि भएको छ । यस अवधिमा उसको निष्क्रिय कर्जा १ दशमलव ६५ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि ११४ दशमलव ७२ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • कोषको लागतमा भएको वृद्धिका कारण बेसरेटमा उलेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ७ दशमलव ५७ प्रतिशत रहेको बेसरेट अहिले वृद्धि भएर १० दशमलव ९६ प्रतिशत पुगेको छ ।

  • बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १२५ दशमलव ७७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९३१ रुपैयाँ ६५ पैसा र तरलता अनुपात २४ दशमलव ७८ प्रतिशत छ ।

निष्कर्ष 
कम्पनीले राष्ट्र बैंकले तोकेको ८ अर्बको पूँजीको लक्ष्य हासिल गरेको छ । कम्पनीको खुद नाफामा आएको कमी र पूँजी वृद्धिले प्रतिसेयर आम्दानी घट्न पुगेको छ । बढ्दो ब्याजदर र ८० प्रतिशत नजीकै पुगेको सीसीडी रेशियो बैंकको प्रमुख चुनौतीका रूपमा छन् ।

प्राविधिक विश्लेषण : सनराइजलाई पाँच दिने मुभिङ एभरेजमा प्रतिरोध

प्रतिरोध २ : ३०५ । प्रतिरोध १ : २५५ । अन्तिम कारोबार मूल्य : २३३ । टेवा १ : २१५ । टेवा २ : २००

बजारको अवस्था
समग्र नेप्से परिसूचकसँगै घट्दो प्रवृत्तिमा रहेको सनराइज बैंकको शेयरमूल्य हालको अवस्थामा पनि घट्दो प्रवृत्तिमै छ । गत साता केही रुपैयाँ वृद्धि भए पनि यस बैंकको सेयरले पाँचदिने मुभिङ एभरेज २ सय ३८ मा प्रतिरोधको सामना गर्नुपरेको देखिन्छ । आइतवार शेयरमूल्य ३ रुपैयाँ अर्थात् १ दशमलव २७ प्रतिशत घटेर २ सय ३३ रुपैयाँमा बन्द भएको छ भने ७ हजार १ सय ५७ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार सनराइजबैंकको सेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स 
एडीएक्स सूचकअनुसार बैंकको सेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको छ ।

एटीआर
एटीआर सूचक उच्च गतिले बढेको हुनाले यस बैंकको सेयर मूल्यमा उतारचढाव उच्च रहेको सङ्केत गर्छ ।

स्टोकास्टिक 
स्टोकास्टिक सूचकअनुसार केही दिनयता यस कम्पनीमा खरीदकर्ताको चाप बढेको सङ्केत गरेको छ । तर, आइतवार बजार बढ्न नसकेको हुनाले यस सूचक पनि नकारात्मक हुन सक्ने सम्भावना छ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको सेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिन यस कम्पनीको सेयरमूल्य घट्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहेको बुझाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको