बैंकको गत मङ्सिरमा सम्पन्न १७औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ५१ करोड ९२ लाख रुपैयाँ कमाएको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत बढी हो । उसले गतवर्षको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ कमाएको थियो ।
-
यो आवमा कम्पनीको चुक्तापूँजी अघिल्लो आवको सोही त्रैमासको तुलनामा १७१ प्रतिशत वृद्धि भई ८ अर्ब २२ करोड पुगेको छ । गत आवमा बैङ्कको चुक्तापूँजी ३ अर्ब ३ करोड ९२ लाख थियो ।
-
ठुलो मात्रामा पूँजी वृद्धि गरेकाले अघिल्लो वर्षको तुलनामा बैङ्कको प्रतिशेयर आम्दानीमा कमी आएको छ । कम्पनीद्वारा प्रकशित दोस्रो त्रैमासको प्रतिवेदनअनुसार प्रतिशेयर आम्दानी १२ दशमलव ६३ रुपैयाँ छ ।
-
दोस्रो त्रैमाससम्म आइपुग्दा जगेडा कोषमा सञ्चित रकम १ अर्ब ८८ करोड पुर्याएकोे छ । प्रस्तावित लाभांश तथा लेखापरीक्षण समायोजनका कारण जगेडा कोषको आकार समीक्षा अवधिमा ४८ प्रतिशत कमी आएको देखिन्छ ।
-
निक्षेप र कर्जाको कुरा गर्दा उसले योे त्रैमासमा ६० अर्ब २७ करोड निक्षेप उठाई ५५ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।
-
निक्षेप ९ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १८ प्रतिशत वृद्धि भएको छ ।
-
खुद ब्याज आम्दानीे २९ प्रतिशत बढाउँदै ९९ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
-
सञ्चालन मुनाफा ४१ प्रतिशत बढाउँदै ६९ करोड ५ लाख रुपैयाँ पुर्याएको छ ।
-
बैंकले जोखीमबापत १९ करोड ६ लाख रुपैयाँ व्यवस्था गरेको छ भने जोखीम कोषबाट ४ करोड ३८ लाख रुपैयाँ फिर्ता गरेको छ ।
-
बैंकको निष्क्रिय कर्जा कम भएर १ दशमलव ३१ प्रतिशतबाट १ दशमलव २९ प्रतिशतमा आएको छ ।
-
निक्षेप सङ्कलनको अनुपातमा कर्जा लगानीको अनुपात बढेपछि सीसीडी रेशियो ७७ दशमलव ९३ प्रतिशत पुगेको छ ।
-
बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १२२ दशमलव ९४ रुपैयाँ, कोषको लागत ७ दशमलव ४२ प्रतिशत र तरलता अनुपात २१ दशमलव ५६ प्रतिशत छ ।

निष्कर्ष
समीक्षा अवधिमा बैंकले ठूलो मात्रामा आफ्नो चुक्तापूँजी वृद्धि गरेअनुरूप खुद मुनाफा वृद्धि भएको छैन । यस्तो अवस्थामा प्रतिशेयर आम्दानीमा कमी आउनु स्वाभाविक मान्नुपर्ने हुन्छ । बैंकका अन्य वित्तीय सूचकतर्फ हेर्ने हो भने प्रगति भने सन्तोषजनक देखिन्छ । निक्षेप सङ्कलन, कर्जा परिचालन, खुद ब्याज आम्दानी र खुद मुनाफामा सुधार गर्दै बैंक अघि बढ्दै गरेको देखिन्छ ।
प्राविधिक विश्लेषण : लक्ष्मी बैंक टेवाक्षेत्रमा




प्रतिक्रिया दिनुहोस