Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा छायो हरियाली, दोहोरो अंकले बढ्यो बजार

विहीबार, ३० मंसिर २०७३, १५ : ५७ मा प्रकाशित

सेयर बजारमा छायो हरियाली, दोहोरो अंकले बढ्यो बजार

अर्थ संसार
काठमाडौं–काठमाडौं–साताको अन्तिम दिन विहिबार सेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि दोहोरो अंकले बढेको बजार विहिबार सेयर बजारमा १५३०.०६ अंकमा पुगेको छ । बजार १३.९८ अंकले बढेको हो । उत्पादनमूलक समुह बाहेक सबै समूह हरिया भएका छन् । कारोबार सुरु  भएपछि उतारचढावपपूर्ण अबस्थाबाट गुज्रेको बजार अन्तिम समयमा उकालिएको हो ।

कारोबार रकममा सामान्य सुधार देखिए पनि उल्लेख गर्न लायक रहेन । यस दिन बजारमा १३८ कम्पनीको ६ लाख ६८ कित्ता सेयरको किनबेच भएको छ । त्यसबाट ४९ करोड ३९ लाख रुपैंयाको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको भएको छ । उक्त बैंकको ८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसपछि माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक हरेकको २ करोडभन्दा बढीको कारोबार भयो ।

यस दिन बैंकिङ समुह १३.५३, होटल ३३.५८, विकास बैंक २०.०१, जलविद्युत ८.७९, फाइनान्स ६.५४ र वीमा ९२.२३ अंकले बढेका छन् । बढेको बजारमा उत्पादनमूलक समुह ६.५१ ले घटेको छ । अन्य समुहमा भने कुनै परिवर्तन आएन ।

यसदिन तीन समिट माइक्रोफाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत हाराहारीले कमाइ गरेका छन् । त्यसपछि सप्तकोशी डेभलपमेन्ट, डिप्रोक्स डेभलपमेन्ट, हिमालयन डिस्टीलरी, नमस्ते वित्तीय संस्थालगायतका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् ।

यस दिन धेरै गुमाउनेमा अपि हाइड्रोका लगानीकर्ता छन् । यसपछि युनाईटेड फाइनान्स, एनएमबि माइक्रो, मिथिला लघुवित्त, भार्गव विकास बैंकलगायतका लगानीकर्ता गुमाउनेमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको