अर्थ संसार, काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ग्राहकलाई १५ दिन भित्र केवाइसी फारम भर्न अनुरोध गरेको छ ।
आज एक सूचना प्रकाशित गरी आग्रह गरेको हो । ग्राहकले नजिकको शाखामा गई केवाईसी फारम भर्न सक्नुहुनेछ ।
सेयर (धितोपत्र) कारोवार गर्दा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने व्यवस्था छ । धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न थालिएको हो ।
सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको धितोपत्र बार्डको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस